काठमाडौं। निकोलस पुरनको आक्रामक ब्याटिङसँगै लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ।
इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन बनाएको हो।
लखनउका निकोलसले सर्वाधिक ८७ रन बनाए। ३५ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे। मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए।
एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहे।