काठमाडौं। दुई इङ्लिस क्लब आर्सनल र एस्टन भिल्लाले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड र किलियन एमबाप्पेको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) को सम्भावित भेट टार्न सक्छन्।
एमबाप्पे र रियल मंगलबार आर्सनलको मैदानमा क्वार्टरफाइनलको पहिलो लेग खेल्दै छन्। दोस्रो लेग अप्रिल १६ मा हुनेछ। त्यस्तै, अपराजित रहँदै फ्रेन्च लिग उपाधि जितेको लुइस एनरिके प्रशिक्षित पिएसजीले बुधबार एस्टन भिल्लाको सामना गर्दैछ।
यस वर्षको नयाँ च्याम्पियन्स लिग ढाँचामा टेनिस शैलीको सिडिङ अनुसार सेमिफाइनलसम्मको पूरा ब्राकेट पहिले नै तय गरिएको छ। यी चारै टोली एउटै ब्राकेटमा परेका छन्।
रियलले पछिल्ला ११ सिजनमा ६ पटक च्याम्पियन्स लिग जितिसकेको छ। यो सिजन सुरुआतमा एमबाप्पे पेरिसबाट मड्रिड आएपछि अझ बलियो बनेको छ।
यता, पिएसजी अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। एमबाप्पेका साथ सात सिजनमा केवल एक पटक मात्र फाइनल पुगेको टोलीले यसपटक भने लिभरपुललाई हराएर सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो।
घरेलु टोली भर्सेस संघर्षरत टोली
ब्राकेटको अर्को भागमा तीनवटा घरेलु लिगका शीर्ष टोली छन् भने एक टोली आ–आफ्नो लिगको आठौं स्थानमा छ। बायर्न म्युनिख मंगलबार इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल त्यही रंगशालामा हुँदैछ, जहाँ मे ३१ मा फाइनल हुने तय छ।
बुधबार बार्सिलोना घरेलु मैदानमा बोरुसिया डर्टमुन्डसँग खेल्दैछ। डर्टमुन्ट च्याम्पियन्स लिग जित्नुपर्ने अवस्थामा छ। टोली बुन्डेसालिगामा आठौं स्थानमा छ। त्यसैले अर्को सिजन छनोट हुन टोलीलाई जितको आवश्यक छ।
रियलको यात्रा
रियलले १६औं पटक च्याम्पियन्स लिग जित्ने लक्ष्य बनाएको छ। तर, रियलले अझै कठिनपूर्ण यात्रा तय गर्न बाँकी छ। सन् २०२२ मा रियलले चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलजस्ता क्लबसँग नाटकीय जित निकाल्दै उपाधि जितेको थियो।
यसपटक पनि प्रशिक्षक कार्लो एन्सोलोट्टीले मिकेल आर्टेटा प्रशिक्षित आर्सनललाई पाखा लगाउनुपर्छ। रियललाई अहिले ट्रफी जित्ने यो एउटै मौका हो।
एमबाप्पे र एन्टोनियो रुडिगरले एट्लेटिको मड्रिडसँगको खेलमा निर्णायक पेनाल्टी प्रहार गरेका थिए। युएफएबाट निलम्बनमा राखिँदा लन्डनमा खेल्न पाउने भएका छन्।