काठमाडौं। लिग लिडर प्लानिङ व्बाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि सहज जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा प्लानिङ ३–० ले विजयी भएको हो। लगातार पाँचौं जितसहित प्लानिङले १५ अंक पुर्याएको छ।
सरस्वतीको भने यो लगातार तेस्रो हार हो। सरस्वतीको समान खेलबाट ६ अंक छ। प्लानिङको जितमा सुजन डंगोल, सरोज कार्की डोली र फागुराम थारुले समान एक गोल गरे।
खेलको दोस्रो मिनेटमै सुजनको गोलमार्फत प्लानिङले सुरुआती अग्रता लिएको थियो। ७३औं मिनेटमा सरोजको गोलमार्पत प्लानिङले उक्त अग्रता दोब्बर बनायो।
निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदा फागुरामले अर्को गोल थप्दै ३–० को सहज जित सुनिश्चित गरे।