एजेन्सी । घरेलु टोली युएईलाई पराजित गर्दै कतार एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा सिमित युएईलाई ४-० गोल अन्तरले पराजित गर्दै कतार उपाधि नजिक पुगेको हो ।
मोहमद बिन जायद स्टेडियममा कतारलाई जित दिलाउन बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा खोउखीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा अलीले गोल गरेपछि कतार पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ८० औं मिनेटमा हसनले गोल गर्दै कतारको अग्रता ३-० को बनाए । खेलको ९० औं मिनेटमा इस्माइल अहमदले रातो कार्ड पाएपछि युएई १० खेलाडीमा समेटियो । त्यसपछि खेलको इन्जुरी समयमा हामिदले गोल गर्दै कतारलाई ४-० को जित दिलाए ।
यो संगै सन् २०२२ को विश्वकप आयोजक कतार पहिलो पटक एसिया कपको फाइनलमा पुगेको छ ।
अब कतारले उपाधिका लागि जापान खेल्ने छ । सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३-० गोल अन्तरले पराजित गर्दै जापान फाइनलमा पुगिसकेको छ ।