काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसहित ११ फुटबल खेलाडी एपिएफको जागिरे भएका छन्।
एपिएफले करारमा रहेका फुटबल खेलाडीलाई जागिर दिएको हो। प्रीतिबाहेक फरवार्डहरू रश्मीकुमारी घिसिङ, सविता रानामगर तथा मेनुकाकुमारी आलेमगरले पनि जागिर पाएका छन्। रश्मी त्रिभुवन आर्मी छाडेर एपिएफ पुगेकी हुन्।
यस्तै, डिफेन्डहरू रेनुका हमाल, मनमाया दमाइ तथा सजनी ठोकर, गोलकिपर सावित्री किसन, मिडफिल्डर सरस्वती हमालसहित शारदा श्रेष्ठ र समिराज ठोकर जागिरे भएका हुन् ।