काठमाडौं। ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको हो। यो नतिजासँगै ब्वाइज युनियनले पाँच खेलबाट ६ अंक पुर्याएको छ।
मध्यपुरको भने समान खेलबाट चार अंक छ। ब्वाइज युनियनको जितमा विनोद ओली र दिव्यविक्रम चौधरीले समान एक गोल गरिन्।
२४औं मिनेटमा विनोदले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर दिव्यले गोल गर्दै २–० को जित पक्का गरे।