काठमाडौं। यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएका छन्।
सुरुमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसपछि उनले १६ खेलाडीलाई घटाउँदै प्रशिक्षण दिइरहेका थिए। तर, सोमबार ४२ बाट पनि नौ खेलाडी घटाएर ३३ मा ल्याइपुर्याइएको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुने तय छ।
नेपालले श्रीलंका मे ११ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ। समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ। अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
३३ सदस्यीय टोली
गोलकिपर
भक्तबहादुर परियार, पेम्बा नोर्बु भोटे, विशेष बानियाँ, उपेन्द्र लावन, रोजन प्रधान
डिफेन्डर
रोशन तामाङ, करण तामाङ, सुजलमान घले, समीर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्दान्त खड्का, कुषाण नेम्बाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा, निशान बान्तवा
मिडफिल्डर
कृष्णबहादुर आले, कृष्ण मगर, सरोज दरलामी, लछु थापा, पवन पाख्रिन, सबिन लुङ्गेली मगर, धर्मेन्द्र कुँवर, विनायक थारू, विज्ञान खड्का, रञ्जित लामा, विक्रम गौतम
फरवार्ड
सुजन डंगोल, सुवास बम, सन्तोष गोम्बा, प्रसुन तामाङ,विजय उर्बा