काठमाडौं । पहिलो संस्करणको सेतिदेबी अशोक शंकर स्मृति अन्तर माबि फुटबल प्रतियोगितामा सदाबहार एकेडेमीले विजयी सुरुवात गरेको छ । सिन्धुपाल्चोकको लामोसाँघुमा भएको खेलमा सदाबहारले प्राईभेट प्याराडाईसलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको ३६ औ मिनेटमा दिपेन खड्काको गोलबाट शानदारले अग्रता लिएको थियो । ६० औ मिनेटमा दिपक श्रेष्ठले टोलीको अग्रता दोब्बर पारे । ६८ औ मिनेटमा दिपेन खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै टालीलाई ३–० को जित दिलाए ।
प्रतियोगिता अन्तर्गत भोली बनसाघु माबि र समता स्कुल मेलम्ची तथा शारदा माबि र महेन्द्रदोय माबि बीच प्रतिस्पर्धा हुनेछ ।
१५ टोली सहभागि प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैया“ प्राप्त गर्नेछ ।