काठमाडौं । नेपाल पुलिस क्लब मदन भण्डारी स्मृति ईटहरी गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भुटानको सिएफसी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम पुलिस अन्तिम ४ मा प्रवेश गरेको हो ।
ईटहरीको क्षेत्रीय रंगशालामा मंगलबार भएको खेलमा पुलिसलाई जित दिलाउन दुवै गोल अभिषेक रिजालले गरे ।
खेलको ६२ औ मिनेटमा पहिलो गोल गरेका अभिषेकले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
दुई गोल गरेका अभिषेक म्यान अफ दी म्याच घोषित भए । जितसंगै प्रतियाेगिताकाे सेमिफाईनलको समिकरण पुरा भएको छ ।
पुलिस अब सेमिफाईनलमा लिग विजेता क्लब मनाङ मस्र्याङ्दी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । अर्को क्लब मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरले विभागीय टिम आर्मीसंग खेल्नेछ । ८ टोली सहभागि प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयँ“ प्राप्त गर्नेछ ।