ललितपुर । ललित स्मृति यु - १८ फुटबल च्याम्पियनसिपमा मोफसलको टिम रमपम झापा ११ ले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा च्यासल युथ क्लबलाई ३ - १ गोल अन्तरले हराउदै झापाले विजयी सुरुवात गएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा झापालाई जित दिलाउन रमन भुजेलले दुई गोल गर्दा बुद्द तामाङले एक गोल गरे । च्यासलका शम्भु ब्यन्जनकारले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा रमनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा शम्भुले पेनाल्टीमा गोल गर्दै च्यासललाई खेलमा फर्काए ।
खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीबाट रमनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २ - १ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम मिनेटमा बुद्द तामाङले गोल गर्दै झापालाई ३ - १ को महत्वपूर्ण जित दिलाए । खेलमा म्यान अफ द म्याच झापाका रमन चुनिए ।