काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जितको खोजिमा रहेको मुम्बई इन्डियनलाई कोलकाता नाइट राइडर्सले ११७ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको हो।
कोलकातालाई सस्तैमा रोक्न २३ वर्षीय पेसर अश्विन कुमारले घातक बलिङ गरे। तीन ओभर बलिङ गरेका उनले २४ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए।
मुम्बईका अंगकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए। १६ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।
रामनदीप सिंहले १२ बलमा एक चौका र दुई छक्कासहित २२ रन बनाए। मनीष पाण्ड्या १९, रिन्कु सिंह १७ र कप्तान अजिंक्य रहाणे ११ रनमा आउट भए। अन्यको ब्याटिङ भने चल्न सकेन।
मुम्बईबाट अश्विनबाहेक दीपक चाहरले दुई विकेट लिए। ट्रेन्ड बोल्ड, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनेरको नाममा समान एक विकेट रह्यो।