काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाली नेत्रहिन महिला क्रिकेट टोलीले सानदार जित निकालेको छ ।
पाकिस्तानको लाहोरमा मंगलबार भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई १० विकेटले हराएको हो ।
पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा विनिता पुनले अविजित २८ रन जोड्दा मनाक्षि चौधरीले अविजित १९ रन जोडिन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ ओभर ३ बलमा अलआउट हुँदै ५३ रन जोडेको थियो । पाकिस्तानकी किरनले सर्वाधिक ९ तथा निम्राले अविजित ६ रन जोडिन।
खेलमा प्लेयर अफ दि म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दि म्याच सरिता घिमिरे चुनिईन ।
जितसंगै नेपालले पाकिस्तानविरुद्धको ५ खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । अब नेपालले बिहिबार दोस्रो खेल खेल्ने छ ।
पाकिस्तान नेत्रहीन क्रिकेट परिषदको निमन्त्रणामा नेपाली टोली सिरिजका लागि पाकिस्तान गएको हो ।
तस्विर : पाकिस्तान नेत्रहिन क्रिकेट