काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिगको टिम बिराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । भारतीय क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई क्लबले टिममा आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्।
अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् । शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४ हजार रन बनाएका छन्।
बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर रहेका छन् ।