काठमाडौं । 'बी' डिभिजन क्लब बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले प्रायोजन गरेको छ ।
स्पार्क हस्पिटलले बाँसबारी क्लबलाई एक वर्षको लागि करिब ८ लाख बराबरको प्रायोजन गरेको हो । बाँसबारी क्लब र स्पार्क हेल्थ होम हस्पिटलबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
क्लबका अध्यक्ष प्रेम थापा र अस्पतालका निर्देशक रुपेश अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
क्लबका अध्यक्ष प्रेम थापाले स्पार्ककाे प्रायाेजनले बी डिभिजन लिग खेल्न क्लबलाई धेरै राहत दिएकाे बताए । रेलिगेशन बिनाकाे लिग भएपनि क्लबले उत्कृष्ट प्रर्दशन गर्नेे उनकाे भनाई छ ।
'रेलिगेेेेशन बिनाकाे लिग भएकाले चढ्ने र झर्ने डर छैन । तर क्लबले अाफ्नाे विरासत अनुसारकाे प्रर्दशन गर्नेछ ।' उनले भने ।
स्पार्कका निर्देशक रूपेश अधिकारीले बजेट सन्तुलनलाई हेर्दै 'बी' डिभिजन क्लबसंग गाँसिएकाे बताए ।
'ए डिभिजन क्लबसंग जाेडिन प्रयास गरेका थियाै तर बजेटकाे सिमा रेखा हेर्दा बाँशबारी छनाेटमा परेकाे छ ।' उनले भने ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले 'बी' र 'सी' डिभिजनका क्लबलाई बलियाे बनाउन एन्फा लागिरहेकाे बताउँदै बाँसबारीकाे प्रायाेजनलाई साेही अनुसार लिनुपर्ने बताए ।
'बी र सी डिभिजनका क्लबलाई अब माेफसलका नकअाउट प्रतियाेगितामा जाेड्छाै ।' उनले भने, 'क्लबलाई ब्यवस्थित गर्ने र खेल संख्या बढाउने बिषयमा हामी गम्भिर छाै।'
सम्झौतासंगै क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबको नामबाट फुटबल खेल्ने छ । यस्तै बाँसबारीको जर्सीमा हस्पिटलको लोगो प्रयोग हुनेछ ।
'बी' डिभिजन लिग माघ २५ गतेबाट सुरू हुदैछ ।