काठमाडौं । हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ ।
फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको चितवनमा निर्माण गर्ने जनाएको छ । देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण हुने रंगशाला बहुउद्देश्यीय र मौलिक डिजाइनमा निर्माण गरिने बताईएको फाउण्डेशनले जनाएको छ ।
जनताको सहयोग (चन्दा) संकलन गरेर निर्माण गरिने रंगशालामा क्रिकेटसंगै अन्य विधाका खेल खेलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
फाउण्डेशनले रंगशाला निर्माणको घोषणा भोली (बुधबार) गर्ने समेत जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यमा रंगशाला निर्माणको घोषणा हुने बताईएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुनेछ । रंगशाला निर्माणको गि फाउण्डेशनले महानगरपालिकासंग बुधबार नै सम्झौता पत्रमा हस्ताक्षर गर्नेछ ।