काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय ईटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय नेपाल पुलिस र भुटानको सिएफसीबीच प्रतिस्पर्धा हुँदैछ । ईटहरीको क्षेत्रिय रंगशालामा हुने अन्तिम क्वार्टरफाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टोली कुनैपनि प्रतियोगितामा पहिलो पटक भिड्न लागेका हुन् । काठमाडौँमा सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पाचौँ स्थान हात पारेको पुलिस पाहुना टिमलाई पराजित गर्दै सेमिफाइनलमा लिग विजेता मनाङसँगको भेट पक्का गर्न चाहन्छ ।
पुलिस क्लबले माघ अन्तिम साता धनगढीमा भएको मोफसलको सर्बाधिक पुरस्कार राशीको खप्तड गोल्डकप जितेको थियो ।
यसअघि भएको खेलमा जित निकाल्दै मेची नेत्रायल फुटबल ट्रेनिङ सेन्टर, मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबले सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।
८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।