बुटवल। २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब भिड्दैछन्।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा यी दुईबीचको खेल मंगलबार अपरान्ह्र ४ बजे हुने तय छ। यो खेलको विजेताले चर्च ब्वाइज युनाइटेडलाई फाइनल प्रवेशका लागि चुनौती प्रस्तुत गर्नेछ।
आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गरेको थियो।
खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत भइरहेको छ।