काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फ्रेन्चाइज लिग गर्ने गरी वार्षिक क्यालेन्डर पारित गरेको छ ।
सोमबार सातदोबाटो हेडक्वार्टरमा बसेको केन्द्रिय कार्यसमिति बैठकले अर्को वर्ष महिला फ्रेन्चाईज लिग गर्ने गरी क्यालेन्डरलाई पारित गरेको छ ।
एन्फाको प्रस्ताव अनुसार महिला फ्रेन्चाईजका लागि दुुई महिनाको समय राखिएको छ । मंसिर १५ देखि माघ १५ सम्म महिला फ्रेन्चाईजका लागि समय छुट्टाईएको छ ।
एन्फाको वार्षिक क्यालेन्डरमा महिला फ्रेन्चाईज नयाँ कार्यक्रमको रुपमा पारित भएको छ ।
चौधरी समूहको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले पुरुष फुटबलको फ्रेन्चाईज नेपाल सुपर लिग एनएसएल सञ्चालन गर्दै आएको छ ।
अब एन्फाले महिला फ्रेन्चाईज फुटबल समेत सञ्चालनमा ल्याउने गरी कार्यक्रमलाई पारित गरेको छ ।
‘नयाँ कार्यक्रमको रुपमा नयाँ आर्थिक वर्षमा महिलाको फ्रेन्चाइज लिग सञ्चालन गर्ने गरी क्यालेन्डर पारित भएको छ ।’ बैठकमा सहभागी एक सदस्यले खेलपाटीलाई भने ।