काठमाडौं। मंगलबार पुन: बस्नेगरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे बैठक बोलाइएको थियो। ढिला गरी सुरु भएको बैठकमा ६ अजेन्डामा छलफल गरी स्थागित गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘विभिन्न १६ अजेन्डामा छलफल गर्ने कार्यतालिका थियो। तर, सबै नसक्किने भएपछि भोलि पुन: बस्नेगरी बैठक स्थगित गरेका हौं। अब भोलि बाँकी रहेका अजेन्डामा छलफल गर्छौं,’ उनले खेलपाटीसँग भने। बैठक दिउँसो १ बजे बस्ने छ।
बैठकमा एन्फाको वार्षिक कार्यक्रम तथा बजेट, लेखा परीक्षक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, महिला लिग, महिला एकेडेमी,लगायतका विषयमा छलफल हुने तय थियो।
तीमध्ये साधारण सभाको मितिदेखि लिएर, बजेट, पदपूर्ती समितिले गरेको नियुक्तिलगायतका कुरा पास गरेको शाहले बताए।