काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडमा सानदार प्रदर्शन गरिरहेका फरवार्ड किलियन एमबाप्पे राष्ट्रिय जर्सीमा भने त्यति खरो उत्रिन सकेका छैनन्।
उनी पछिल्ला खेलमा खुलेर खेल्न सकेका छैनन्। उनले पछिल्ला १० खेलमा मात्र एक गोल गरेका छन्, त्यो पनि युरो २०२४ मा पोल्यान्डविरुद्ध पेनाल्टीमार्फत भएको थियो।
आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा उनले क्रोएसियाविरुद्ध गोल गर्न सकेनन्।
तर, उनले पेनाल्टी सुटआउटमा पहिलो प्रहार सफल बनाउँदै टोलीलाई जिततर्फ अग्रसर गराए। फ्रान्सका अरेलियन चुआमेनी, रान्डल कोलो मुआनी, डिजायर डोएले पेनाल्टी गोल गरे भने उपामेकानोले निर्णायक गोल गर्दै फ्रान्सलाई सेमिफाइनलमा पुर्याए।
उक्त खेलमा फ्रान्स २–० ले विजयी भएको थियो। समग्रमा फ्रान्स ५–४ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो।