बुटवल। रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटालाई विदेशी क्लब जर्जियन एफसीले चुनौती प्रस्तुत गर्ने भएको छ।
खेल देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार दिउँसो ३ बजे हुनेछ। यो खेलको विजेताले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।
एपिएफले आइतबार आयोजक रुपन्देही-११ लाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। पहिलो सेमिफाइनल बुधबार हुनेछ। खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत भइरहेको छ।