एजेन्सी । एफए कप फुटबलको पाँचौ चरणमा दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
इन्ग्लिश फुटबल एसोसिएसनले निकालेको पाँचौ चरणको ड्र अनुसार साविकको विजेता चेल्सीले १२ पटकको च्याम्पियन युनाईटेड प्रतिद्वन्दी पाएको हो ।
पाँचौ चरणको खेल तालिका अनुसार विल्बल्डन एएफसीले मिलवाल, क्रिस्टल प्यालेसले डोनकास्टर रोभर्ससंग खेल्नेछ ।
यस्तै ब्रिस्टोल सिटीले वुल्भ्स र श्रेवरी टाउनबीचको विजेतासंग खेल्नेछ । म्यानचेस्टर सिटीले चौथो चरणमा न्युपोर्ट काउन्टी र मिड्ल्सब्रो बीचको बिजेतासंग खेल्नेछ ।
स्वान्सीले बर्नेट र ब्रेन्टफोर्डबीचको विजेता,वाट्फोर्डले पोर्ट्समाउथ र क्युपिआरबीचको विजेतासंग खेल्दा ब्राइटन र वेष्ट ब्रमको विजेताले डर्बी काउन्टीसंग खेल्नेछ ।
पाँचौ चरणको खेलहरु १५ देखि १८ फेब्रुवरीसम्म हुनेछ ।