काठमाडौं। विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गणडकीमाथि जित निकाल्दै फाइनलको सम्भावना कायमै राखेको छ।
आइतबार सम्पन्न खेलमा एपिएफ ३१ रनले विजयी भएको हो। यो नतिजासँगै एपिएफले सात खेलबाट १० अंक पुर्याएको छ। एपिएफले दोस्रो स्थानको आर्मीभन्दा एक खेल कम खेलेको छ।
प्रतियोगिताबाट बाहिरिइसकेको गण्डकी भने दुई अंकसहित पुछारमा छ। एपिएफले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा आठ विकेट गुमाउँदै २२७ रन मात्रै बनाउन सक्यो।
गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३९ रन बनाए। ८२ बल खेलेका उनले तीन चौका प्रहार गरे। दीनेश बूढामगर ३४ तथा मुस्कान थापा र अमृत गुरुङले समान २३ रन बनाउँदा सुदीप अर्याल २५ रनमा अवजित रहे। अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
एपिउफका अभिषेक गौतमले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडनसहित २९ रन खर्चिए।
अमर रौटेलाले दुई विकेट लिँदा किशोर महतो, रोहितकुमार पौडेल र भुवन कार्कीले समान एक विकेट लिए।
त्यसअघि भैरहवास्थित एक्ट्रा टेक ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाए।
एपिएफका आसिफ शेखले सर्वाधिक ८० रन लिए। ७४ बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे। लोकेश बमले ५५ बलमा ६ चौकासहित ४६ रन बनाए।
सुमित महर्जन ३१, कमलसिंह ऐरी २५, अमर २४ र भुवन १५ रनमा आउट भए। गण्डकीका सन्दीप पराजुली र सुदीप अर्यालले समान तीन विकेट लिए।