काठमाडौं। अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारणसभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा राजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चिर्वाचित गरेको हो।
यस्तै मतदान प्रक्रियाबाट छ सदस्य चुनिएका छन्। त्यसमा रविन महर्जन, चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर र रामचन्द्र श्रेष्ठ छन्। क्लब सदस्य १ सय ९६ रहेकोमा कुल १६० मत खसेको थियो। नवनिर्वाचित श्रेष्ठ अन्नपूर्ण आरसीटीका छैटौं अध्यक्ष रहेका छन्।