काठमाडौं । युएईबिरुद्वको तीन म्याचको एक दिवसीय सिरिजमा नेपालका पारस खड्काले सर्वाधिक रन बनाएका छन् । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा शतक प्रहार गरेका पारस सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
पारसले तीन ईनिङ्समा कुल १ सय ५६ रन बनाए ।
पहिलो खेलमा २० रन बनाएका पारसले दोस्रोमा २१ र तेस्रो खेलमा १ सय १५ रन बनाए ।
ब्याटिङमा पारसले ऐतिहासिक शतक बनाउ“दा बलिङमा नेपालका दुई खेलाडी सर्वाधिक विकेट लिए । फास्ट बलर सोमपाल कामी र लेग स्पिनर सन्दिप लामिछानेले ७÷७ विकेट हात पारे ।
पहिलो खेलमा एक विकेट झारेका दोस्रो खेलमा विकेट लिदै म्यान अफ दी म्याच घोषित भएका थिए । अन्तिम खेलमा उनले एक विकेट हात पारे ।
यता सन्दिपले पहिलो खेलमा दुई, दोस्रोमा चार र तेस्रो खेलमा एक विकेट लिए ।