काठमाडौं। टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक बी डिभिजन लिगमा जितविहीन यात्रा कायमै राखेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्। यी दुई टोलीको जारी लिगमा यो दोस्रो बराबरी हो।
दुवै टोलीको दुई खेलबाट दुई अंक छ।