बाँके। जनजागृति युवा क्लब, बर्दिया र न्यु स्टार फुटबल एकेडेमी, दाङले दोस्रो लुम्बिनी प्रदेश लिगमा पहिलो जित हात पारेका छन्। मंगलबार सम्पन्न समूह ‘बी’ को आआफ्नो दोस्रो खेलमा यी दुई टोलीले जित हासिल गरेका हुन्।
दिनको पहिलो खेलमा जनजागृतिले न्यु युथ युनियन, पाल्पालाई ५–२ ले पराजित गर्यो। यो नजितासँगै जनजागृतिले दुई खेलबाट चार अंक पुर्याएको छ। न्यु युथको भने यो लगातार हार हो। योसँगै न्यु युथ एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएको छ।
जनजागृतिको जितमा सुदीप रानामगरले सबै गोल गरेका हुन्। उनी नै म्यान अफ द म्याच रहे।
अर्को खेलमा भने न्यु स्टार, दाङले गोल्डेन स्टार, कपिलवस्तुलाई ४–२ ले पराजित गर्यो। न्यु स्टारको पनि जारी प्रतियोगितामा यो पहिलो जित हो। योसँगै न्यु स्टारले दुई खेलबाट चार अंक पुर्याएको छ। गोल्डेनको भने यो पहिलो हार हो। उसको समान खेलबाट तीन अंक छ।
न्यु स्टारको जितमा सागर पुनले दुई गोल गरे। भीमसेन थापा र किसमान घर्तीले समान एक गोल थपे । गोल्डेनका कुसानबहादुर मगर र समीर थारुले गरेको गोल सान्त्वना रह्यो।
सागर म्यान अफ द म्याच रहे।