काठमाडौं। नेपालले साफ यु–१९ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशमा हुने तय छ।
गोल्डेन जुब्ली रशंगशालामा हुने प्रतियोगितामा नेपाल र श्रीलंका मे ११ मा भिड्ने छन्। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ।
समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ। अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।