बाँके। धम्बोझी क्लब बाँके दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगितामा हारबाट जोगिएको छ।
सोमबार सम्पन्न खेलमा धम्बोझीले राइजिङ स्टार फुटबल क्लब नवलपरासीसँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै समूह ए मा रहेको राइजिङ स्टारले दुई अंक पुर्याएको छ।
यसअघि राइजिङ स्टारले फर्साटिकर युवा क्लब रुपन्देहीसँग १–१ को बराबरी खेलेको थियो। धम्बोझीले भने पहिलो खेलमा अंक बटुलेको छ।
खेलको ४१औं मिनेटमै विनोद केवतको गोलमार्फत राइजिङ स्टारले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता नौ मिनेटभन्दा बढी टिकेन। ५०औं मिनेटमा भक्तबहादुर घर्तीले गोल गर्दै धम्बोझीलाई हारबाट बचाए।