काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा युएईले दिएको २५५ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले कप्तान पारस खड्कालाई गुमाएको हो ।
एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका कप्तान पारस ११५ रनको शतकीय इनिङस खेल्दै अहमेदको बलमा आउट भए । कप्तान पारसले ९६ बलमा शतक प्रहार गरेका थिए ।