काठमाडौं। वीरगञ्ज युनाइटेड क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल वीरगञ्जले श्रीकुमारी क्लबलाई २–० ले पराजित गरेको हो।
यो नतिजासँगै वीरगञ्जले दुई खेलबाट चार अंक पुर्याएको छ। श्रीकुमारी भने जितविहीन छ।
वीरगञ्जलाई जित दिलाउन विपिन तुमसिंह मगर र कृपाकान्त महतोले गोल गरे।
खेलको १२औं मिनेटमै विपिनले वीरगञ्जलाई सुरुआती अग्रता दिलाए। त्यसपछि वीरगञ्जले केही अवसर बुने पनि गोलमा परिणत गर्न सकेको थिएन।
यद्यपि, निर्धारित समय सकिन केही सेकेन्डअघि कृपाकान्तले गोल गर्दै २–० को सहज जित दिलाए।