एजेन्सी । इजिप्ट फुटबल एसोसिएसनले स्टार स्ट्राइकर मोहमद सलाह र एसोसिएसनबीच समस्या नरहेको बताएको छ । सलाह टिमसँग खुसी नरहेको र उनले सन्यास लिने खबर आएपछि एसोसिएसनले सलाह टोलीमा खुसी रहेको बताएको हो ।
विश्वकपका लागि रुस पुगेका सलाहले राष्ट्रिय टोली छाड्ने समचार आएपछि एसोसिएसनले सलाह र एसोसिएसनबीच समस्या नरहेको प्रष्ट बनाएको हो । 'सलाहले छोड्न चाहन्छ भन्ने रिपोर्टहरू पूर्णतया गलत छ,' इजिप्ट फुटबल एसोसिएसनले भनेको छ, 'मोहमद हामीसंगै छ र क्याम्पमा खुसी छन् । टिमसँग खाने गर्छन्, हास्ने गर्छन् । उनले निकै राम्रो तयारी गरिरहेको छ । यसको मतलब कुनै समस्या छैन ।'
सलाह पछिल्लो समय विवादास्पद व्यक्तिसँग भेट गरेर समेत विवादमा तानिएका थिए । चेचेन विद्रोहका नेता रामजान काडिरोभसँग भेट गरेपछि सलाह विवादमा तानिएका थिए । मानव अधिकार उलंघनको आरोप खेप्दै आएका नेता काडिरोभले भेटमा सलाहलाई आफ्नो राष्ट्रको नागरिकता दिलाउने आश्वासन दिएको पनि समचारमा उल्लेख गरिएको छ ।
रुस विश्वकपमा समूह ए मा रहेको इजिप्ट बाहिरिसकेको छ । इजिप्टले अब आफ्नो अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दै छ ।