काठमाडौं। टोटनह्यामका युवा खेलाडी विल्सन ओडोबर्टको पहिलो सिजन चोटका कारण प्रभावित भयो। तर, अन्ततः उनले युरोपा लिगको क्वार्टरफाइनलमा टोटनह्यामलाई पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
२० वर्षीय फ्रेन्च खेलाडीले डच क्लब एजे अल्कमारविरुद्ध २६औं मिनेटमा पहिलो गोल गरे र ७४औं मिनेटमा दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाए।
ओडोबर्टले दोस्रो गोल काउन्टर–एट्याकमार्फत गरेका हुन्। यसले घरेलु टोलीमा देखिएको तनाव हटाइदिएको छ। यसअघि उनले आफ्नै टिममेट लुकास बर्गवालसँगको मिस अन्डरस्ट्यान्डिङका कारण एजेका पियर कुपमेइनर्सलाई गोल गर्ने अवसर दिएका थिए। योसँगै समग्र स्कोर बराबर भएको थियो।
ओडोबर्टले पेरिस सेन्ट जर्मेन (पिएसजी) एकेडेमीबाट प्रशिक्षण लिएर बर्नली हुँदै अगस्टमा टोटनह्याममा आएका हुन्। तर, सेप्टेम्बरमा गम्भीर ह्यामस्ट्रिङ चोटका कारण धेरै समय मैदान बाहिर बिताउनु परेको थियो।
‘उनीका लागि म निकै खुसी छु। किनभने उनले निकै मिहिनेत गरेका छन्,’ खेलपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लुले भने, ‘हामीले उनलाई साइन गर्दा म निकै उत्साहित थिएँ। उनी ती खेलाडीमध्ये एक हुन्, जसले बल लिएपछि डिफेन्डरहरूलाई बिट गर्न सक्छन्, राम्रो स्पेस फेला पार्न सक्छन् र उत्कृष्ट टेक्निकल खेलाडी हुन्।’
टोटनह्यामले खेलमा जेम्स म्याडिसनको गोलमार्फत २–० को अग्रता बनाएको थियो, जुन उनको यो सिजनको ११औं गोल हो। तर, एजेले एक गोल फर्काएपछि केही तनावपूर्ण अवस्था देखियो। यद्यपि, ओडोबर्टको दोस्रो गोलले खेललाई सुरक्षित बनायो।
टोटनह्यामका लागि यो जित झन् महत्वपूर्ण बन्यो। टोलीका मुख्य खेलाडी क्रिस्टियान रोमेरो, मिकी भान डे भेन, म्याडिसन र डोमिनिक सोलान्के चोटपछि पुन: फिट भएका छन्। अक्टोबरपछि पहिलो पटक यी चार खेलाडीलाई टोलीले पहिलोपल्ट सँगै मैदान उतारेको हो।
‘आजको जित सामूहिक प्रयासको नतिजा हो। यी चार खेलाडीको उपस्थितिले टोलीमा ठूलो प्रभाव पार्छ,’ पोस्टेकोग्लुले थपे। टोटनह्यामले यो सिजन अहिलेसम्म केही पनि हासिल गरेका छैनौं। तर, युरोपा लिगको यो सनसनीपूर्ण प्रदर्शनलाई जारी राखे कम्तीमा एक उपाधि जित्ने छ।