काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा युएईले दिएको २५५ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले १०० रन पुरा गरेको छ ।
नेपालले २० ओभर २ बलमा १०० रन पुरा गरेको हो । तर, नेपालले ३ विकेट गुमाईसकेको छ ।
नेपालका कप्तान पारस खड्का अर्धशतक बनाएर क्रिजमा रहेका छन् । पारस ५० रनमा अविजित रहदा डेब्यु खेलाडी सन्दीप जोरा ९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।
पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।
नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।