एजेन्सी । भारतले घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार भएको तेस्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले दुई खेल अगाबै सिरिज ३-० ले जितेको हो ।
न्युजिल्याण्डले दिएको २४४ रनको लक्ष्य भारतले ४३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले ६२ तथा कप्तान विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै अम्बाती रायडुले अविजित ४० तथा दिनेश कार्तिकले अविजित ३८ रन जोडे । न्युजिल्याण्डका ट्रेण्ड बोल्ड र लकी फर्गुसनले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्ड ४९ ओभरमा अलाउत हुँदै २४३ रनमा समेटिएको थियो । न्युजिल्याण्डका लागि रोस टेलरले ९१ तथा टम लाथमले ५१ रनको अर्धशतकीय इनिङस खेले ।
भारतका मोहमद सामीले ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र हार्दिक पाण्डयले २/२ विकेट लिए ।