काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई अनुबन्ध गरेको छ।
उनलाई तेस्रो संस्करणका लागि जापाले अनुबन्ध गरेको हो।
झापा भित्रिने उनी दोस्रो विदेशी खेलाडी हो। यसअघि झापाले उज्बेकिस्तानको डिफेन्डर अजामत अब्दुलेभलाई अनुबन्ध गरिसकेको छ।
लजारसँग सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस र हंगेरीका शीर्ष लिगमा खेलेको अनुभव छ।