काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टी-२० विश्वकप छनोटको तयारी अस्ट्रेलिया गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
ओमानका हुने छनोट अक्टोबरमा हुने तय छ। यसपटक नेपाल र ओमानसँगै जापान, कतार, पपुवा न्यु गिनी, युएई, मलेसिया, कुवेत र सामोअले सहभागिता जनाउने छन्।
समूहचरणमा शीर्ष तीनमा रहने टोली सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्ने आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछन्। यसैका लागि नेपाली टोली तयारीका लागि अगस्टमा अस्ट्रेलिया प्रस्थान गर्नेछ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागिता जनाएको थियोे। तर, नेपाल जितविहीन रहँदै समूहचरणबाट बाहिरिएको थियोे।
त्यसअघि नेपाललले सन् २०१४ का बंगलादेशमा आयोजना भएको टी-२० विश्वकप पनि खेलेको थियोे।