काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ।
उनी धनगढी भित्रिने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि धनगढीले पहिलो र दोस्रो सिजन खेलिसकेका अफ्रिकन फरवार्ड अफिज ओलावालेलाई निरन्तरता दिइसकेको छ।
३० वर्षीय जाउआनीले मोरक्कोको यु–२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीले देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुयाँल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास खेलाडीलाई रिटेन र अक्सनमार्फत भित्र्याइएको छ।
धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। युइएफए प्रो–लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराइसकेका छन्।