काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सर रहने भएको छ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एसएसइएम) ले आयोजना गर्ने एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।
शुक्रबार यस साझेदारीको घोषणा गरिएको थियो। सन् २०२१ मा स्थापना भएको एनएसएललाई एसएसइएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ।
एनएसएलको आधिकारिक खेल २९ मार्चबाट सुरु हुनेछ।
यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ।