काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले ४२ औं ओभरमा पाँचौ विकेट गुमाएको हो । नेपालका करण केसीले सिपी रिजवानलाई ४५ रनमा आउट गरे ।
करणले युएईका महत्वपूर्ण साझेदारीलाई तोडेका छन् । रिजवानले पाँचौ विकेटका लागि शाईमन अनवारसंग १०० रनको साझेदारी गरेका थिए ।
युएईले ४१ ओभर २ बल सकिदा ५ विकेट गुमाएर १४७ रन जोडेको छ ।
नेपालको लागि यस खेल निकै महत्वपुर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ ।
नेपालले आज युएईलाई हराए पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।
अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ ।