काठमाडौं । नेपालविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले १०० रन पुरा गरेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको युएईले ३५ ओभरमा १०० रन पुरा गरेको हो । खराब सुरुवात गरेपनि युएईले ४ विकेट गुमाएर १०० रन पुरा गरेको हो । युएईका लागि शाईमन अनवारले २९ तथा सिपी रिजवानले २३ रन बनाएर खेलिरेहेका छन् ।
अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ ।