विराटनगर। भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइब्रेकरमा पराजित गर्दै विभागीय टोली एपिएफ नवौं संस्करणको विराट गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
विराटनगरको सहिद रंगशालामा मंगलबार सम्पन्न खेलमा एपिएफ टाइब्रेकरमा ५–३ ले विजयी भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरबाट गरिएको हो।
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपिएफले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो। तर, पनि जित निकाल्न टाइबेर टाइब्रेकरसम्म पुग्नुपर्यो।
टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे। दिल्लीका राहिफ, पिसी र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले उत्कृट बचाउ गरे।
प्रतियोगिताको प्लेर अफ द म्याच एपिएफका एन्जलघोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे।