बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।
दोस्रो हाफको ५१ औं मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७ औं मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए ।
यस्तै खेलको ७९ औं मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २–१ को अवस्थामा पुर्याए । ८४ औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।
निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो ।
समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ तथा समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।
घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।