काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
एन्फाले मंगलबार उनलाई सिंगापुर र मलेसियाविरुद्ध हुने खेलको जिम्मेवारी सुम्पिएको हो। नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
त्यसको चार दिनपछि नेपालले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग पहिलो लेग खेल्ने तय छ। यी खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सल्यानले सहायक प्रशिक्षकको रूपमा सघाउने छन्।
यस्तै, एन्फाले विनोद महर्जनलाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ।
नकुल हमाल र रमेशकुमार कार्कीलाई टिम म्यानजरको जिम्मेवारी दिइएको छ। निशान्त जोशी भने टिमको फिजियो रहने छन्।