काठमाडौं। फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन्।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा नेपाल आइपुगेका हुन्।
आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार उनी आइतबार नेपाल आइपुगेका हुन्। उनी बिहान ११ बजे टर्कीस एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए।
केपी ओली कपको तेस्रो संस्करण फागुन १९ गतेसम्म हुनेछ। त्यस प्रतियोगिताको फाइनल खेल हेर्न उनी आइपुगेका हुन्।
ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोसजस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरिएको थियो। तर, उनीहरू नआउने भएपछि बफोनलाई ल्याउन लागिएको उनको भनाइ छ।
बफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन्।
सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्। उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए।
बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए। केपी ओली कपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा क्वार्टरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुनेछ।