काठमाडौं। संस्कार कप सिनियर फुटबल प्रतियोगिता चैत चौथो सातादेखि सुरु हुने भएको छ।
संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजना कैलालीको गोदावरीस्थित स्याउले बजारमा हुने प्रतियोगिता चैत २३ देखि ३१ गतेसम्म हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछन्। उपविजेताले ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान पाँच हजार प्राप्त गर्नेछन्। प्लेयर अफ द म्याचलाई भने एक हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।