काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रीति राई शनिबार सम्मानित भएकी छन्।
योङ स्टार फाउन्डेसनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट उनलाई सम्मान गरेको हो।
प्रीतिलाई सम्मान गर्दै फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले महिला टोली गरिरहेको प्रदर्शनमा प्रीतिको भूमिका रहेको कारण सम्मानित गरिएको बताए।
‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ यो एकदमै उत्कृष्ट छ । त्यसमा प्रीति राईको भूमिका धेरै नै छ । उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको छ त्यो सम्झन लायक छ,’ उनले भने।