काठमाडौं। हिमालयन शेर्पा क्लबले एन्फा यु–१६ युथ लिगमा रोमाञ्चक जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा शेर्पाले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको हो।
यो नतिजासँगै आठौं स्थानमा उक्लिएको शेर्पाले १६ खेलबाट १४ अंक पुर्याएको छ। समान खेल खेलेको फ्रेन्ड्स २७ अंकसहित चौथो स्थानमा छ।
शेर्पाको जितमा शिव नेपालीले एक गोल गर्दा अर्को उपहार पाएको थियो। फ्रेन्ड्सका लागि भने शुभराज मोक्तानले गोल गरे।
१७औं मिनेटमा शिवले शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए। ३८औं मिनेटमा विपिन चौलागाईंले अत्मघाती गोल गर्दा शेर्पाले २–० कव अग्रता लियो।
५५औ मिनेटमा शुभराजले गोल गरे पनि फ्रेन्ड्सलाई जित दिलाउन सकेनन्।