काठमाडौं। वैकल्पिक खेलाडी आदित्य रानामगरको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध सानदार जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइज ४–१ ले विजयी भएको हो। यो नतिजासँगै चर्च ब्वाइजले १६ खेलबाट ३८ अंक पुर्याएको छ। पराजित मच्छिन्द्रको समान खेलबाट २६ अंक छ।
चर्च ब्वाइजलाई जित दिलाउन आदित्यबाहेक सुशन थापामगरको नाममा एक गोल रह्यो। मछिन्द्रका राहुलकुमार योञ्जनले गरेको गोल सन्त्वना रह्यो।
खेलको ११औं मिनेटमा राहुलको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन नसक्दा मच्छिन्द्रले हार बेहोर्न परेको हो।
दोस्रो हाफमा मैदान छिरेका आदित्यले ७१ र ८१औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई खेलमा पुनरागमन गराउँदै २–१ को अग्रता दिलाए। आशिष तामाङले निर्धारित खेल सकिन केही सेकेन्ड बाँकी रहँदा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडे।
इन्जुरी समयमा सहायक प्रशिक्षक यतिराज गुरुङले सिधै रातो कार्ड पाए। सोहीबेला आदित्यले आफ्नो ह्याट्रिक पूरा गरे। सुशनले पनि त्यही मौकामा गोल थप्दै टोलीलाई ४–१ को जित दिलाए।