काठमाडौं। लेबनानले सान्त्वना जितसहित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सक्काएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हारएको हो। यो नतिजासँगै लेबनानले तीन खेलमा दुई हार र एक जितसहित तीन अंक जोडेर प्रतियोगिता सक्कायो।
यी दुई टोली यस खेलअगाबै प्रतियोगिताबाट बाहिरिइसकेका थिए। लेबनानलाई खेलको १३औं मिनेटमा क्रिस्टी मलोउफले सुरुआती अग्रता दिलाइन्।
२२औं मिनेटमा म्या रोसे महान्नाले अग्रता दोब्बर बनाइन्। त्यसपछि थवप गोल हुन सकेन।